काठमाडौँ, साउन २६ :
नेपाली सेनाका कायममुकायम प्रधानसेनापति अशोकराज सिग्देलले आजदेखि आफ्नो कार्यभार सम्हाल्दै हुनुहुन्छ ।
प्रधान सेनापति प्रभूराम शर्मा तीनवर्षे पदावधि सकेर आगामी भदौ २४ गतेबाट अनिवार्य अवकाशमा जानुहुने भएपछि हिजो बलाधिकृत रथी सिग्देललाई आफ्नो प्रधान सेनापतिको कार्यभार हस्तान्तरण गर्नुभएको थियो ।
बलाधिकृत रथी सिग्देलले करिब एक महिनापछि भने नेपाली सेनाको ४५औँ प्रधानसेनापतिको रुपमा काम गर्नुहुने छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि लागू हुने गरी रथी सिग्देललाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी यसअघि नै तोक्नुभएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’