बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

हङकङविरुद्धको शृङ्खलामा नेपालको ‘क्लिनस्विप’

· शुक्रबार, ६ पुस, २०८१ मा प्रकाशित
हङकङविरुद्धको शृङ्खलामा नेपालको ‘क्लिनस्विप’
CAN
काठमाडौँ, पुस ६ :

हङकङविरुद्धको यु–१९ एकदिवसीय क्रिकेट शृङ्खलामा नेपालले ‘क्लिनस्विप’ गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा आज भएको अन्तिम एकदिवसीय खेलमा हङकङलाई एक सय ३० रनले पराजित गर्दै नेपालले शृङ्खलामा क्लिनस्विप गरेको हो ।  आज नेपालले दिएको दुई सय ६६ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर एक सय ३५ रन जोड्न सक्यो ।

    हङकङका लागि प्रित माङ्गुकियाले अविजित रहँदै अर्धशतकीय पारि खेले । उनले ८७ बलमा सात चौकाको मद्दतले ५५ रन बनाए । अब्दुल समदले २३ र कप्तान शिव माथुरले १९ रन जोडे । उनीहरूबाहेक कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

    हङकङका लागि आरेज दारले सात, शायन पुरीले अविजित रहँदै पाँच, डेनियल मापले चार, विल वाल्शले तीन, तरण लौङ्गानीले दुई र म्याथ्यू जेम्स क्लेटनले एक रन बनाए । यो खेलमा हङकङले अतिरिक्त पाँच रन पाएको छ ।

    बलिङतर्फ नेपालका कप्तान अभिषेक तिवारी र अफरुद्दिन रेनले समान दुई÷दुई विकेट लिए । राजेश बोहरा, दीपक सेराला र सन्तोष यादवले समान एक÷एक विकेट हात पारे ।

    त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै दुई ५५ रन बनाएको थियो । नेपालले पहिलो खेलमा हङकङलाई तीन विकेटले र दोस्रो खेलमा दुई सय २६ रनले पराजित गरेको थियो ।।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार