बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद क्रिकेट

महिला यु- १९ एसिया कपः वर्षाले खेल रद्द भएपछि नेपाल र श्रीलङ्काले अङ्क बाँडे

· बिहीबार, ५ पुस, २०८१ मा प्रकाशित
महिला यु- १९ एसिया कपः वर्षाले खेल रद्द भएपछि नेपाल र श्रीलङ्काले अङ्क बाँडे
काठमाण्डौँ , पुस ५ :

मलेसियामा जारी महिला यु- १९ एसिया कपको ‘सुपर- ४’ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएपछि एक- एक अङ्क बाँडेका छन्।

आजको खेलमा नेपालले श्रीलङ्का विरुद्ध टस जितेर फिल्डिङ गरेको थियो । पहिलो ओभर सकिए लगत्तै सुरु भएको वर्षा नरोकिएपछि खेल रद्द हुन पुगेको हो । नेपालले पहिलो ओभरमै श्रीलङ्काको एक विकेट लिएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले समान एक- एक अङ्क बाँडेका हुन् ।

यसअघि नेपालले पहिलो खेलमा पाकिस्तानलाई छ विकेटले हराउँदै सुपर- ४ मा प्रवेश गरेको थियो । यसैगरी समूह चरणको अन्तिम खेल पनि वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक- एक अङ्क बाँडेका थिए । 

सुपर- ४ मा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्का छन् । नेपालले शुक्रबार सुपर- ४ अन्तर्गत बङ्गलादेशको सामना गर्नेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार