बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश कर्णाली प्रदेश

कर्णाली प्रदेशले रोजगार कार्यक्रम बाँडफाँड गरी स्थानीय तहमा अख्तियारी प्रदान गर्ने

· बुधबार, ४ पुस, २०८१ मा प्रकाशित
कर्णाली प्रदेशले रोजगार कार्यक्रम बाँडफाँड गरी स्थानीय तहमा अख्तियारी प्रदान गर्ने
कर्णाली, पुस ४ :

कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम बाँडफाँड गरी कार्यान्वयनका लागि स्थानीय तहमा अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । 

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशका स्थानीय तहमा सञ्चालन हुने मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि अख्तियारी प्रदान गरेको हो ।

त्यसैगरी, बैठकले बड्डीचौर- बिउरेनी- बावियाचौर- विद्यापुर सडकखण्ड (१३ दशमलव एक) किलोमिटर सडकलाई राष्ट्रिय प्राथमिकताको आयोजनामा समावेश गर्ने, कृषि तथा सहकारीसम्बन्धी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१ संशोधन गर्ने र परियोजना सम्झौता गर्नका लागि सहमति प्रदान गर्ने सम्बन्धमा निर्णय गरेको छ ।

यस्तै सहयोगापेक्षी मानव संरक्षण तथा व्यवस्थापन कार्यविधि र अपाङ्गता प्रदेश निर्देशन समिति गठन तथा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि स्वीकृत गरेको छ ।

बैठकले अपाङ्गता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सङ्घ प्रदेश र स्थानीय तह सञ्चालन निर्देशिका स्वीकृत गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार