बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

पाँच वर्षअघि निर्माण सुरु भएको खानेपानी आयोजना बजेट अभावले अलपत्र

· मंगलबार, ३ पुस, २०८१ मा प्रकाशित
पाँच वर्षअघि निर्माण सुरु भएको खानेपानी आयोजना बजेट अभावले अलपत्र
कञ्चनपुर, पुस ३ :

शुक्लाफाँटा नगरपालिका- ५ गर्जमुनिमा पाँच वर्षदेखि निर्माण सञ्चालन गरिएको खानेपानी आयोजना बजेट अभाव हुँदा सम्पन्न हुन सकेको छैन । 

खानेपानी आयोजना निर्माण अधुरो हुँदा स्थानीय असुरक्षित हेण्डपम्पको पानी पिउने बाध्य भएका छन् ।

गर्जमुनि खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष दीपेन्द्रकुमार भण्डारीले आयोजना निर्माण गर्न खानेपानी डिभिजन कार्यालय कैलालीबाट चार वर्षअघि ३४ लाख ८१ हजार पाँच सय ८० अनुदानबापत रकम प्राप्त भएको जानकारी दिनुभयो । सो रकमबाट ठेक्का प्रक्रियामार्फत पर्खाल,  पालेघर तथा बोरिङ निर्माण गर्न २५ लाख रकम खर्च भएको छ ।

त्यसपछिका वर्षमा आयोजनाका लागि बजेट नआउँदा निर्माण अलपत्र परेको भण्डारीले बताउनुभयो । पाँच सय १५ जना उपभोक्ताबाट अक्षयकोष स्थापनाका लागि एक हजार तीन सयका दरले छ लाख ६९ हजार पाँच सय रकम सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो । 

अध्यक्ष भण्डारीले आयोजना सम्पन्न गर्न कूल नौ करोड ४६ लाख ३४ हजार छ सय ४० बजेट लाग्ने अनुमान गरिएको जानकारी दिनुभयो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार