
काठमाडौँ, पुस ३ :
महिला यू- १९ एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समय अनुसार खेल बिहान ११ः ४५ बजेदेखि सुरू हुनेछ।
यसअघि नेपालले हिजो पाकिस्तानलाई छ विकेटले हराएको थियो
अस्ति उद्घाटन खेलमा भारतले पाकिस्तानलाई नौ विकेटले हराएको थियो । पाकिस्तानले लगातार दुई खेल हारेर बाहिरिएसँगै नेपाल समूह चरणको अन्तिम खेलअघि नै ‘सुपर- ४’ मा प्रवेश गरेको थियो ।
एशियाका छ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् । समूह ‘बी’ मा भारत, पाकिस्तान र नेपाल छन् ।
दुवै समूहका शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्ने छन् । सिङ्गल राउन्ड रोविनका आधारमा खेलिने सुपर फोरका शीर्ष दुई टोलीबीच फाइनल हुने छ ।