बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

जुम्लामा तीन वर्षको अवधिमा ९१ सवारी दुर्घटना, २८ जनाको मृत्यु

· बिहीबार, २५ साउन, २०८१ मा प्रकाशित
accident-nepali
साउन २५ :

जुम्लामा पछिल्लो तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परेर २८ जनाको मृत्यु भएको छ । सो अवधिमा ९१ सवारी साधन दुर्घटना भएका छन् ।

दुर्घटनामा ४३ जना गम्भीर घाइते तथा एक सय २७ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक केशवसिंह धामीले बताउनुभयो ।

तीव्र गतिका कारणले सवारी साधन बढी दुर्घटना हुने गरेको पाइएको छ । यस्तै, सडकको अवस्था, ट्राफिक नियम उल्लङ्घन,  चालकको लापरबाहीका कारण पनि दुर्घटना बढी हुने गरेको छ ।

जिल्लामा पाँच वटा अस्थायी ट्राफिक पोष्ट रहेको जनाइएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार