
काठमाण्डौँ , पुस १ :
नेपाल प्रिमियर लिगमा काठमाण्डौँ गुर्खाजले विराटनगर किंग्सविरुद्ध पहिले बलिङ रोजेको छ ।
काठमाण्डौँका कप्तान करण केसीले टस जितेर बलिङ रोज्दै विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन् ।
प्लेअफको सम्भावना कायम राख्न काठमाण्डौँलाई यो खेलमा जित आवश्यक छ । यस खेलमा पराजित भएमा काठमाण्डौँ लिग चरणबाटै बाहिरिनेछ ।
विराटनगर भने लिगबाट बाहिरिसकेको छ ।