शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

धादिङमा बस दुर्घटना, ८ जना घाइतेलाई थप उपचारका लागि काठमाण्डौँ ल्याइयो

· शनिबार, ३० मंसिर, २०८१ मा प्रकाशित
accident-nepali
धादिङ, मंसिर ३० :

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा बस दुर्घटना हुँदा आठजना घाइते भएका छन् ।

बस आफैँ अनियन्त्रित भई सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएको हो ।

बुटवलबाट काठमाडौँ आउँदै गरेको लु२ख ६६७६ नंको बस धादिङको गल्छी गाउँपालिका–६ सुत्केरी ढुङ्गामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परी कपिलवस्तुको शिवराज नगरपालिका–३ का ४० वर्षीय गोपाल सुनार, ३९ वर्षीया अस्मिता आले, बारगङ्गा नगरपालिका–३ का ५४ वर्षीय जनक गौतम, सुर्खेतको गुर्भाकोट नगरपालिका–१ का ४२ वर्षीय चित्रबहादुर पाण्डे, काभ्रेको बनेपा नगरपालिका–७ का ३१ वर्षीय सुकराम कार्की, ५८ वर्षीय विजय कार्की, स्याङ्जाको आधिखोला गाउँपालिका–१ का ५६ वर्षीय नन्दलाल अधिकारी र रामेछापको सुनापति गाउँपालिका– १ का ४२ वर्षीय राजकुमार दास घाइते भएका छन् ।

दुर्घटनामा परी घाइते भएका आठै जनालाई बैरेनी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाण्डौँको बिएन्डबी अस्पताल रेफर गरिएको छ ।

बस चालक रुपन्देहीको सैनामैना नगरपालिका–९ का ३० वर्षीय भूपेन्द्र चापागाइँलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक हमालले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार