बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद क्रिकेट

पोखराले जितका लागि काठमाण्डौँलाइ दियो १३९ रनको लक्ष्य

· शनिबार, ३० मंसिर, २०८१ मा प्रकाशित
पोखराले जितका लागि काठमाण्डौँलाइ दियो १३९ रनको लक्ष्य
काठमाण्डौँ , मंसिर ३० :

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डौँ गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ ।

किर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानम टस हारेर पहिले ब्याटिङ गरेको पोदराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको हो ।

पोखराका लागि रेमोन रेइफरले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए । ३० बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे ।

यसैगरी ओपनर दिनेश खरेलले २५ बल खेल्दै ६ चौका र १ छक्का मदतमा ३८ रन बनाए । उनले रासिद खानको एकै ओभरमा लगातार चार चौकासहित १८ रन जोडेका थिए ।

यस्तै दिलिप नाथले २४ बलमा २ छक्का मदतमा २७ रन बनाए ।

बलिङमा काठमाण्डौँका कप्तान करण केसी र रासिद खानले ३(३ विकेट लिए । करणले ४ ओभरमा २४ र रासिदले ४ ओभरमा ४३ रन खर्चिए ।

जेर्राड एरसामस र माइकल लेभिटेले किफायती बलिङ गर्दै समान एक विकेट लिए । एरासमसले ४ ओभरमा १४ तथा लेभिटले ३ ओभरमा १३ रन खर्चिए ।

पोखराले अन्तिम दुई ओभरमा २६ रन जोडेको थियो । रेइफरले अन्तिम ओभरमा तीन बाउण्ड्री सहित एक्लै १७ रन जोडे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार