बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र #संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र
विदेश

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ नागरिकको मृत्यु, २८ जना घाइते

· शुक्रबार, २९ मंसिर, २०८१ मा प्रकाशित
खार्तुम, मंसिर २९ :

पश्चिमी सुडानको आवासीय छिमेक र विस्थापन शिविरहरूमा विद्रोही अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) को गोलाबारीमा कम्तीमा ४५ नागरिकको मृत्यु हुनुका साथै अन्य २८ जना घाइते भएका छन् ।

गोलाबारीले दक्षिणी इलाका एल फशर सहरको दक्षिणमा रहेको जम्जाम विस्थापन शिविर र उत्तरमा अबु शौक शिविरलाई निशाना बनाएको थियो ।

आरएसएफले आक्रमणको बारेमा अहिलेसम्म कुनै टिप्पणी जारी गरेको छैन ।

मे १० देखि, पश्चिमी सुडानको उत्तरी डार्फर राज्यको राजधानी एल फशरमा एसएएफ र आरएसएफ बीच भीषण झडप भएको छ ।

सुडान मध्य अप्रिल सन् २०२३ देखि एसएएफ र आरएसएफ बीच विनाशकारी द्वन्द्वको चपेटामा छ ।

अन्तर्राष्ट्रिय सङ्गठनहरूको अनुमान अनुसार सुडानमा द्वन्द्वको परिणामस्वरूप २७ हजार भन्दा बढीको मृत्यु र सुडान भित्र वा बाहिर १४ लाख भन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार