सुनसरी, मंसिर २८ :

नेवाः देय दबुले आगामी शनिबारदेखि तीन दिनसम्म योमरी महोत्सव गर्ने भएको छ । 

दबुले बुधबार  पत्रकार सम्मेलन गरेर धिमे नृत्यसहित महोत्सव गर्न लागेको जनाएको हो । पाँचौँ संस्करणको यो महोत्सवमा दुई सय कलाकारले नृत्य प्रस्तुत गर्ने केन्द्रीय उपाध्यक्ष अनिल मास्केले बताउनुभयो ।  

नेपाल भाषी समुदायमा यमरी पुन्ही अर्थात् योमरी पूर्णिमाका दिन (चामलको पीठोबाट बनाइएको र भित्र चाकु तथा तिल राखेर विशेष प्रकारले वाष्पद्वारा पकाइएको रोटी) देवीदेवतालाई चढाएर प्रसादका रूपमा खाने चलन छ ।