शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

रकम फिर्ताको माग गर्दै सहकारी बचतकर्ताहरुले बुझाए आयोगमा ध्यानकर्षणपत्र

· बुधबार, २७ मंसिर, २०८१ मा प्रकाशित
काठमाण्डौँ , मंसिर २७ :

सहकारी पीडित तथा सहकारी बचतकर्ताहरुले बचत रकम फिर्ता गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपवहादुर मगरसमक्ष बुझाएको ध्यानाकर्षण पत्रमा सरकारद्वारा बचतकर्ताको रकम फिर्ता गर्न ठोस कदम नचालेको उल्लेख छ ।

यस सम्बन्धमा सहकारी पीडित तथा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका पदाधिकारीहरुको ज्ञापनपत्र बुझ्दै आयोगका अध्यक्ष मगरले सहकारीको रकम अपचलन र बचत फिर्ता हुन नसकेको सम्बन्धमा दर्ता भएका उजुरीहरुमा आयोगबाट अनुसन्धान भइरहेको र सम्बन्धित पक्षहरुसँग छलफल गरी निष्कर्षमा पुग्ने बताउनुभएको छ ।

आयोगले राज्य र पीडितहरुबीच यस अगाडि भएका सम्झौता र सरकारले सार्वजनिक रुपमा गरेका प्रतिबद्धताहरुको प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई निर्देशन समेत दिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार