बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

काठमाण्डौँद्वारा लुम्बिनी १८ रनले पराजित, लुम्बिनीको प्लेअफमा पुग्ने सम्भावना समाप्त

· बुधबार, २७ मंसिर, २०८१ मा प्रकाशित
काठमाण्डौँद्वारा लुम्बिनी १८ रनले पराजित, लुम्बिनीको प्लेअफमा पुग्ने सम्भावना समाप्त
काठमाण्डौँ , मंसिर २७ :

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाण्डौँ गुर्खाजले दोस्रो जीत हात पारेको छ । 

आज भएको खेलमा काठमाण्डौले लुम्बिनी लायन्सलाई १८ रनले हराएको हो ।

काठमाण्डौँले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९ ओभर २ बलमा ८५ रनमा अलआउट भयो । लुम्बिनीका सन्दीप जोराले सबैभन्दा धेरै २६ रन बनाए । काठमाण्डौका कप्तान करण केसीले ४, दिपेश कँडेलले ३ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाण्डौँ १९ ओभर २ बलमा १ सय ३ रनमा अलआउट भयो । काठमाण्डौँका भीम सार्कीले ३१ रन बनाए । लुम्बिनीका साद बिन जफरले ३ विकेट लिए ।

यो जीतसँगै काठमाण्डौँले ४ खेलमा ४ अङ्क जोड्दै तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । काठमाण्डौँ प्लेअफ पुग्ने सम्भावना कायमै छ । लुम्बिनी भने एक खेलअघि नै लिग चरणबाट बाहिरिएको छ । लुम्बिनीले ६ खेल खेल्दा जम्मा २ अङ्क जोडेको छ ।

एनपीएलमा आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले हराएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार