काठमाण्डौँ , मंसिर २७ :
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाण्डौँ गुर्खाजले लुम्बिनी लायन्सलाई १ सय ४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाण्डौ १९ ओभर २ बलमा १ सय ३ रनमा अलआउट भयो । काठमाण्डौँका भीम सार्कीले ३१ रन बनाए । लुम्बिनीका साद बिन जफरले ३ विकेट लिए ।
लुम्बिनी ५ खेलमा २ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । काठमाण्डौँ ३ खेलमा २ अङ्कसहित छैटौं स्थानमा छ ।
एनपीएलमा आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले हराएको छ । योसँगै जनकपुरको चार खेलको अपराजित यात्रा टुङ्गिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’