बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद क्रिकेट

एसिसी महिला यु- १९ एसिया कपका लागि नेपाली टोली घोषणा

· मंगलबार, २६ मंसिर, २०८१ मा प्रकाशित
एसिसी महिला यु- १९ एसिया कपका लागि नेपाली टोली घोषणा
फाइल फोटो
काठमाण्डौँ , मंसिर २६ :

एसिसी महिला यु- १९ एसिया कपका लागि नेपाली टोली घोषणा गरिएको छ । 

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार एसिसी महिला यु- १९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरेको हो । 

पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो । टोलीको उपकप्तानमा सोनी पाख्रिन तथा अन्य खेलाडीमा, साना प्रवीन, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशा कुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायत छन् ।

महिला यु- १९ एसिया कप यही मङ्सिर ३० देखि आगामी पुस ७ गतेसम्म मलेसियामा हुँदैछ । गत कात्तिकमा युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसिसी यु- १९ महिला टि- २० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो । 

सोही प्रतियोगिताबाट नेपालले एसिया कपमा पनि स्थान बनाएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार