शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

रौतहटमा स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु, पाँच घाइते

· मंगलबार, २६ मंसिर, २०८१ मा प्रकाशित
रौतहटमा स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु, पाँच घाइते
सिरहा, मंसिर २६ :

बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कारपियो दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

गएराति नम्बर नखुलेको स्कारपियो रौतहटको चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

स्कारपियोमा सवार आठ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य पाँचजना घाइते भएको रौतहट प्रहरीले जनाएको छ ।

मृतक सबैको शव चन्द्रनिगाहपुरकै सिभिल अस्पतालमा राखिएको छ । गाडी र मृतक सिरहाको रहेको र उनीहरूका आफन्त आएपछि पहिचान खुल्ने प्रहरीले जनाएको छ ।

सिरहाको अर्नमा गाउँपालिका- ३ बाट गढीमाई मेला गएको र फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार