शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

· सोमबार, २५ मंसिर, २०८१ मा प्रकाशित
बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाण्डौँ , मंसिर २५ :

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । 

झुटा विवरण पेस गरी लाभ लिएको आरोपमा सिलवालविरुद्ध मुद्दा दायर गरिएको हो ।

सिलवालले नागरिकतामा पटक- पटक जन्ममिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । 

प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्ष उमेर हदबाट अनिवार्य अवकाश हुनुपर्नेमा सिलवालले वि. सं २०८० साल साउन १६ गतेदेखि ६६ औँ वर्षमा प्रवेश गर्दा समेत पदमा बहाल नै रही पछिल्लो नौ महिनादेखि पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरेको जनाइएको छ ।

सिलवालको जिल्ला प्रशासन कार्यालय पर्साबाट वि. सं २०३२ साल फागुन २४ गतेको नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्दा उमेर १६ वर्ष उल्लेख भएको तर जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नेपाली नागरिकताको प्रतिलिपि २०६६ साल वैशाख १७ गते जारी नागरिकतामा जन्ममिति २०१६ कात्तिक २२ उल्लेख भएको जनाइएको छ । 

यस्तै, त्रिभुवन विश्वविद्यालयबाट जारी डिप्लोमा तहको ट्रान्सक्रिप्टमा जन्ममिति २०१५ साल साउन १५ उल्लेख भएको अख्तियारद्वारा दायर भएको आरोपपत्रमा उल्लेख छ । 

सिलवाल स्वयंले भरेको नोकरी तथा वैयक्तिक विवरण (सिटरोल) मा समेत ट्रान्सक्रिप्टको जन्ममिति २०१५ साल साउन १५ उल्लेख गरी विवरण भरि निजामती सेवामा २०४३ साउन १ गतेदेखि राजपत्राङ्कित तृतीय श्रेणीको पदमा नियुक्ति लिएको पनि अख्तियारले जनाएको छ ।

यसरी झुटा विवरण पेस गरी लाभ लिएको कसुरमा भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाहीको माग गरिएको छ । यस्तै, सिलवालले २०८० साउन १५ गतेदेखि हालसम्म लिएको लाभ सुविधा रकम बराबरको ३६ लाख ६२ हजार एक सय ५४ बराबर असुलउपर मागदाबी गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार