शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

१० करोडको बजेटमा म्याङलुङ अम्फुवा मङ्गलबारे सडक कालोपत्र हुँदै

· सोमबार, २५ मंसिर, २०८१ मा प्रकाशित
१० करोडको बजेटमा म्याङलुङ अम्फुवा मङ्गलबारे सडक कालोपत्र हुँदै
तेह्रथुम, मंसिर २५ :

म्याङलुङ अम्फुवा मङ्गलबारे सडक कालोपत्र हुने भएको छ । 

आइतबार प्रतिनिधिसभा सदस्य तथा पूर्व सहरी विकासमन्त्री सीता गुरुङले एक समारोहबीच कालोपत्रको शिलान्यास गर्नुभएको छ । 

उहाँले सडक कालोपत्र भएपछि स्थानीय उत्पादन बजार पुर्याउन सहज भई स्थानीयको जीवनस्तर उक्सिने विश्वास व्यक्त गर्नुभयो । सङ्घीय सरकारको सहरी विकास मन्त्रालयको १० करोड २४ लाख ५० हजार बजेटमा मारुती बिल्डर्सले निर्माणको ठेक्का पाएको हो । 

वि. सं २०८२ पुस २४ गतेसम्ममा काम सक्ने गरी ठेक्का सम्झौता भएको आयोजना कार्यान्वयन गर्ने सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय धनकुटाका आयोजना प्रमुख सुमन मिश्रले जानकारी दिनुभयो ।

उक्त सडक अन्तर्गत सदरमुकाम म्याग्लुङतर्फको दुई हजार नौ सय मिटरमध्ये एक हजार आठ सय मिटर कालोपत्र हुनेछ भने एक हजार एक सय मिटर सडकको चौडा गरिनेछ । 

त्यस्तै लालिगुराँस नगरपालिकातर्फ एक हजार दुई सय मिटर कालोपत्र हुने प्रमुख  मिश्रले बताउनुभयो । 

उक्त सडक कालोपत्र भएपछि स्थानीय उत्पादन लालिगुराँस नगरपालिका- ८ मङ्गलबारेबाट सदरमुकाम म्याग्लुङको हटियासम्म ल्याउन सहज हुने मङ्गलबारेका स्थानीयवासी ज्ञानु तिम्सिनाले बताउनुभयो ।

हिउँदमा जसोतसो सडक चले पनि वर्षाको समयमा किसानले काँधमै बोकेर कृषि उपज हटिया ल्याउनुपर्ने बाध्यता सडक कालोपत्र भएसँगै अन्त्य हुने विश्वास लिइएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार