बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार क्रिकेट

जनकपुर बोल्ट्स एक रनले विजयी, लुम्बिनी लायन्सको लगातार चौथो हार

· आइतबार, २४ मंसिर, २०८१ मा प्रकाशित
जनकपुर बोल्ट्स एक रनले विजयी, लुम्बिनी लायन्सको लगातार चौथो हार
काठमाण्डौँ , मंसिर २४ :

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई एक रनले हराएको छ । 

लुम्बिनीको यो लगातार चौथो हार हो भने जनकपुरको लगातार चौथो जीत हो । जनकपुरले दिएको एक सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले आठ विकेट गुमाएर एक सय ३५ रन मात्र बनाउन सक्यो ।

लुम्बिनीका कप्तान रोहित पौडेले ३५ रन बनाए । जनकपुरका हर्ष ठाकरले पाँच विकेट लिए । यस्तै कोशोर महतो, ललित राजवंशी र शेर मल्लले समान एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जनकपुरले नौ विकेट गुमाएर एक सय ३६ रन बनायो । जनकपुरका कप्तान अनिल शाहले सबैभन्दा धेरै ४५ रन बनाए ।

यस्तै, लाहिरु मिलान्थाले २४ रन र शुभ कंसाकारले अविजित २२ रन बनाए । लुम्बिनीका अभिषेश गौतमले तीन विकेट लिए । यस्तै कप्तान रोहित पौडेल र साद बिन जफरले समान दुई तथा सन्दीप जोराले समान एक विकेट लिए ।

जनकपुर चार खेलमा आठ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा लगातार पराजित लुम्बिनी अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।

यस्तै, आज दिउँसो एक बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच खेल हुनेछ । तीनवटै खेल जितेको सुदूरपश्चिम तालिकाको दोश्रो स्थानमा र तीन मध्य दुई खेल जितेको चितवन तालिकाको तेस्रो स्थानमा रहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार