शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद फुटबल

कञ्चनजङ्घा गोल्डकपको उपाधि धरानले जित्यो

· आइतबार, २४ मंसिर, २०८१ मा प्रकाशित
कञ्चनजङ्घा गोल्डकपको उपाधि धरानले जित्यो
ताप्लेजुङ, मंसिर २४ :

ताप्लेजुङमा आयोजना भएको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगिताको उपाधि धरानले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा इलामको रेड डेभिल्स माईजोगमाईलाई ४- १ गोलअन्तरले पराजित गर्दै धरानले उपाधि जितेको हो ।

खेल प्रचारप्रसार संयोजक दिनेश लिङखिमका अनुसार उपाधि जितेसँगै धरानको गोधुली फुटबल क्लबले तीन लाख दुई हजार ८१ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ ।

उपविजेता बनेको रेड डेभिल्सले एक लाख ५१ हजार ८१ नगदसँँगै ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।

विजेता टोलीलाई जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझालगायतले पुरस्कार वितरण गर्नुभयो ।

लिम्बू समुदायको सांस्कृतिक पर्व चासोक तङ्नामको अवसरम चासोक तङ्नाम सञ्चालन समिति, कञ्चनजङ्घा फुङ्लिङ क्लब र ङावोरक सङ्जुम्भो फुङ्लेङले संयुक्त रूपमा उक्त प्रतियोगिता आयोजना गरेका हुन् ।

गत शनिबारदेखि सुरु भएको प्रतियोगितामा भारत, सिलिगुढीको कञ्चनजङ्घा फुटबल क्लबसहित आठ टोली सहभागी भएका थिए ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार