शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

चिनियाँ परियोजना बिआरआई नेपालको हितमा रहेको पूर्वप्रधानमन्त्री खनालको भनाइ

· शनिबार, २३ मंसिर, २०८१ मा प्रकाशित
चिनियाँ परियोजना बिआरआई नेपालको हितमा रहेको पूर्वप्रधानमन्त्री खनालको भनाइ
काठमाण्डौँ , मंसिर २३ :

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी रूपमा भौतिक पूर्वाधार निर्माण गर्ने बृहत् चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मुलुकको हितमा रहेको बताउनुभएको छ । 

चीनको साताव्यापी भ्रमण पूरा गरी आज अपराह्न स्वदेश फर्केपछि उहाँले राष्ट्रको भौतिक विकासका लागि बिआरआई परियोजना सहयोगी हुने टिप्पणी गर्नुभयो । 

परियोजना कार्यान्वयनमा अब विलम्ब गर्ननहुनेमा उहाँको जोड थियो । चिनियाँ पक्षले पनि परियोजनाबारे नेपालको अवधारणा तथा ढिलाइलाई लिएर आफूसँग जिज्ञासा राखेको जानकारी दिनुभयो । 

एक साता लामो चिन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै चीनबाट नेपालमा सडक माध्यमबाट सामान ल्याउँदा धेरै कष्ट बेहोर्नुपरेकाले यस विषयमा सरकारले चीनसँग आवश्यक छलफल अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

चाइना इन्स्टिच्युट फर इनोभेसन एण्ड डेभलपमेन्ट स्ट्राटेजी, चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स र ग्वाङझाउ प्रान्तीय जनसरकारको संयुक्त आयोजनामा ग्वाङ्झाउमा आयोजित अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्समा सहभागी भएर नेता खनाल स्वदेश फिर्ता हुनुभएको हो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार