शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

उड्डयन क्षेत्रको सुरक्षाका निम्ति सरकार प्रतिबद्ध छः उड्डयनमन्त्री पाण्डे

· शनिबार, २३ मंसिर, २०८१ मा प्रकाशित
उड्डयन क्षेत्रको सुरक्षाका निम्ति सरकार प्रतिबद्ध छः उड्डयनमन्त्री पाण्डे
मंसिर २३ :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उड्डयन क्षेत्रको सुरक्षाका निम्ति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।    

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सुरक्षित आकाश सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो ।

उहाँले उडान सुरक्षित बनाउन नियमन निकायलाई निरन्तर सचेत गराइएको जानकारी दिँदै हवाई दुर्घटनासम्बन्धी अनुसन्धानका लागि स्थायी आयोग गठनको प्रक्रिया प्रारम्भ भएको बताउनुभयो ।

यस वर्ष ‘दिगो भविष्यः आगामी ८० वर्षका लागि सँगै’ नाराका साथ अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदैछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार