बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

लुम्बिनीलाई ४५ रनले हराउँदै सुदूरपश्चिमको लगातार तेश्रो जीत

· शनिबार, २३ मंसिर, २०८१ मा प्रकाशित
लुम्बिनीलाई ४५ रनले हराउँदै सुदूरपश्चिमको लगातार तेश्रो जीत
काठमाण्डौँ , मंसिर २३ :

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले हराएको छ ।

सुदूरपश्चिमको लगातार यो तेश्रो जीत हो भने लुम्बिनीको लगातार तेश्रो हार हो ।

सुदूरपश्चिमले दिएको एक सय ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४२ रन मात्र बनाउन सक्यो ।

लुम्बिनीका लागि सबैभन्दा धेरै विवेक यादवले अविजित ७७ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यस्तै सन्दीप जोराले २० रन बनाए ।

सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेन र सैफ अली जैबले समान तीन विकेट लिए । स्कट कुगेलेइनले दुई विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा चार विकेट गुमाएर एक सय ८७ रन बनायो ।

सुदूरपश्चिमका सेफ जेबले ९०, कप्तान दीपेन्द्रसिंह ऐरीले १९ बलमा नटआउट ३९ रन बनाए । लुम्बिनीका रमोन सिमोन्ड्सले दुई विकेट लिए ।

लगातार तेश्रो खेल जितेको सुदूरपश्चिमले तीन खेलमा छ अङ्कसहित तालिकाको शीर्ष स्थानमा कायम छ । खाता खोल्न नसकेको लुम्बिनी पुछारमा छ ।

एनपीएलको दोस्रो खेल अन्तरर्गत  अहिले कर्णाली याक्स र विराटनगर किङ्ग्सले खेल्दैछन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार