नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स तथा काठमाण्डौँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
लिगको पहिलो खेलमा आज जनकपुर र पोखरा भिड्ने छन् । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।
जनकपुरको नेतृत्व अनिल साहले गर्दैछन् भने पोखराको नेतृत्वमा कुशल भुर्तेल छन् ।
यसअघि विराटनगर किङ्ग्स र कर्णाली याक्सलाई पराजित गरेको जनकपुर तेस्रो जित निकाल्ने योजनामा रहँदा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको पोखरा पहिलो जितको खोजीमा रहनेछ ।
यस्तै, आज दिउँसो सवा १ बजे हुने दोस्रो खेलमा काठमाण्डौँ गुर्खाज र सुदूरपश्चिम रोल्यल्स भिड्ने छन् ।
काठमाण्डौँको नेतृत्व करण केसीले गर्दैछन् भने सुदूरपश्चिमबाट दीपेन्द्र सिंह ऐरीले नेतृत्व गर्नेछन् ।।
यसअघिको खेलमा काठमाण्डौँले कर्णाली याक्सलाई हराएको थियो भने चितवन राइनोजसँग पराजित भएको थियो । सुदूरपश्चिमले भने पहिलो खेलमै विराटनगरलाई हराएको थियो । यी दुवै टोली आज दोस्रो जित निकाल्ने लक्ष्यमा रहने छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’