काठमाण्डौँ , मंसिर २१ :
एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा संयुक्त अरब इमिरेट्स (युएई) मा जारी पुरुष यु- १९ एसिया कप- २०२४ सहभागी भई नेपाली टोली स्वदेश फर्किएको छ ।
पुरुष यु- १९ एसिया कपका खेलहरू खेलेर नेपाली टोली बुधबार साँझ स्वदेश फर्किएको हो । एसिया कपमा तीन खेल खेलेको नेपाली टोलीले एक खेलमा जित हासिल गरेको थियो ।
नेपालले मङ्गलबार अफगानिस्तानलाई भने एक विकेटले पराजित गर्दै सान्त्वना जित निकालेको थियो । नेपालले पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित हुँदै एसिया कपबाट बाहिरिएको हो ।
हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली युएई गएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’