बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

कर्णाली याक्सलाई ३ विकेटले हराउँदै काठमाण्डौँ गुर्खाजको पहिलो जीत 

· बुधबार, २० मंसिर, २०८१ मा प्रकाशित
कर्णाली याक्सलाई ३ विकेटले हराउँदै काठमाण्डौँ गुर्खाजको पहिलो जीत 
मंसिर २० :

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाण्डौ गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले हराएको छ ।

कर्णालीले दिएको १ सय ५० रनको लक्ष्य काठमाण्डौँ गुर्खाजले ३ बल बाँकी छँदा ७ विकेट गुमाएर भेटायो । 

काठमाण्डौका सुमित महर्जनले नटआउट ४०, गेरहार्ड इरस्मसले ३८, कप्तान करण केसीले २८ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामी, नन्दर यादव, गुल्सन झा, जीशान मक्सूद र विपिन शर्माले १र१ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनायो । कर्णालीका शिखर धवनले नटआउट ७२ रन बनाए । प्रतियोगिताको पहिलो अर्धशतक बनाउने क्रममा धवनले ५१ बलमा ५ छक्का र ४ चौका प्रहार गरे । काठमाण्डौँका गेरहार्ड इरस्मसले २ विकेट लिए ।

प्रतियोगितामाकाठमाण्डौँको यो पहिलो जीत हो । काठमाण्डौँ  पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो । कर्णालीले भने लगातार दोस्रो हार बेहोरेको छ । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

एनपीएलमा आजै दोस्रो खेलमा अहिले दिउँसो विराटनगर किङ्ग्स र लुम्बिनी लायन्स खेल्दैछन् । विराटनगर यसअघिका दुई वटै खेलमा पराजित भएको छ भने लुम्बिनीको यो पहिलो खेल हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार