बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद क्रिकेट

एनपिएल क्रिकेटः कर्णालीले दियो काठमाण्डौँलाई १५० रनको लक्ष्य

· बुधबार, २० मंसिर, २०८१ मा प्रकाशित
एनपिएल क्रिकेटः कर्णालीले दियो काठमाण्डौँलाई १५० रनको लक्ष्य
Photo: CAN
काठमाण्डौँ , मंसिर २० :

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमाण्डौँ गुर्खाज र कर्णाली याक्सको खेल जारी रहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले काठमाण्डौँसामू १ सय ५० रनको लक्ष्य दिएको छ ।

कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनायो । कर्णालीका ओपनर शिखर धवनले ७२ रनको अर्धशतकीय पारी खेले । एनपीएलमा धवनको यो पहिलो अर्धशतक हो । यस्तै, चाल्डिक वाल्टनले २१, जिशान मक्सुद १४, बाबर हायत १३ तथा गुलशन झाले १२ रन जोडे ।

काठमाण्डौँका लागि जेहार्ड एरास्मसले २ तथा नाथन स्वटर, दीपेश कँडेल र करण केसीले एक–एक विकेट लिए ।

यसअघि एकएक खेल खेलेका कर्णाली र काठमाण्डौँ दुवै टिम जितबिहीन छन्। दुवै टोली पहिलो जितको खोजीमा छन्।

कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित हुँदा काठमाण्डौँ पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार