शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

बंगलादेशका हिन्दूहरुमाथिको आक्रमण बन्द गर्न काँग्रेस सांसद भण्डारीको अपिल

· मंगलबार, १९ मंसिर, २०८१ मा प्रकाशित
बंगलादेशका हिन्दूहरुमाथिको आक्रमण बन्द गर्न काँग्रेस सांसद भण्डारीको अपिल
काठमाडौँ, मंसिर १९ :

नेपाली  काँग्रेसको सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान केन्द्रीय समन्वय समितिले बंगलादेशमा त्यहाँका अल्पसंख्यक हिन्दू धर्मावलम्बीहरुमाथि ज्यादती भइरहेको भन्दै बंगलादेश सरकारको ध्यानाकर्षण गराएको छ ।

 धार्मिक स्वतन्त्रताको सम्मानका लागि नैतिक दवाव दिन समितिका संयोजक शंकर भण्डारीले आज जारी गर्नुभएको विज्ञप्तिमा केही महिनादेखि बंगलादेशमा रहेका हिन्दू धर्मावलम्बीहरुमाथि नियोजित रुपमा आक्रमण भइरहेको प्रति चिन्ता व्यक्त गर्दै प्रभावकारी भूमिका खेल्न सम्वन्धित सबैलाई आह्वान गर्नुभएको हो । 

बंगलादेशका अल्पसंख्यक हिन्दूहरूको धार्मिक स्वतन्त्रता र मानव अधिकारको सम्मान गर्दै हिंसा रोक्न प्रभावकारी उपाय अवलम्वन गर्न बंगलादेश सरकारलाई सांसद भण्डारीले विज्ञप्तिमार्फत अनुरोध गर्नुभएको छ । 

विज्ञप्तिमा बंगलादेशमा शान्ति, अमनचयन कायम गराउन संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय मानव अधिकार आयोग लगायतका संस्थाहरु मौन रहनु थप चिन्ताको विषय भएको उल्लेख छ ।

सांसद भण्डारीले नेपाल सरकारले पनि तत्काल त्यसतर्फ ध्यान पुर्‍याउन आग्रह गर्नुभएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार