बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

काँकडभिट्टा नाका खुला भएसँगै तेस्रो देशका पर्यटकको आवागमन बढ्यो

· बुधबार, २४ साउन, २०८१ मा प्रकाशित
kakarbhitta-naka
झापा, साउन २४ :

काँकडभिट्टा नाकाबाट तेस्रो मुलुकका पर्यटकको आवागमन खुला भएको छ । चार वर्षअघि कोरोना महामारीका कारण भारत सरकारले भुटानबाहेकका पर्यटक आवागमन नाका बन्द गरेको थियो ।

यही साउन १७ गते भारतीय अध्यागमन कार्यालयबाट आवागमन खुला गरिएको जानकारी भएलगत्तै पर्यटकको आवतजावत सुरु भएको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले जानकारी दिनुभयो ।

नाका खुला भएसँगै बेलायत, अमेरिका, स्वीट्जरल्याण्डलगायत देशका नागरिक भारतको बाटो हुँदै नेपाल प्रवेश गरेको उहाँले जानकारी दिनुभयो । 

पर्यटकका लागि नाका खुला भएसँगै अब पूर्वमा पर्यटकीय चहलपहल बढ्ने र यसबाट मुलुकको अर्थतन्त्रमा समेत टेवा पुग्ने नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) कोशी प्रदेशका अध्यक्ष पुण्यप्रसाद भट्टराईले बताउनुभयो ।

काँकडभिट्टा झापा जिल्लाको एक महत्त्वपूर्ण व्यापारिक नाका समेत मानिन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार