शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

म्यान्माका राजदूत माउङ्गद्वारा स्वयम्भूको दर्शन

· शुक्रबार, १५ मंसिर, २०८१ मा प्रकाशित
काठमाण्डौँ , मंसिर १५ :

नेपालका लागि म्यान्माका राजदूत यु मायो माइन्ट माउङ्गले आज बिहान विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यको दर्शन एवं पूजाआजा गर्नुभएको छ ।

राजदूत माउङ्गसहित म्यान्माका राजगुरू सिकागो सायदोले आज स्वयम्भू सहित आसपासका सम्पदाको अवलोकन गरी विधिपूर्वक चैत्यको पूजाआजा गर्नुभएको हो । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले उहाँहरूलाई स्वागत गर्दै सम्मान गरेको छ ।

महासमितिका अध्यक्ष महास्थवीर भिक्षु धर्ममूर्तिले ऐतिहासिक पक्षका साथै धार्मिक गतिविधिबारे उहाँलाई जानकारी गराउँदै बौद्ध साहित्य एवं दर्शनलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न महासमितिले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

राजगुरू सायदोले विश्वशान्ति तथा मानव कल्याणका लागि बौद्ध शिक्षाको महत्व रहेकाले ती साहित्य तथा दर्शनको प्रवर्द्धनमा जोड दिने बताउँदै पवित्र तीर्थस्थलको अवलोकन गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले विभिन्न मुलुकका कूटनीतिक नियोगबाट गरिने भ्रमणले अन्तर्राष्ट्रिय तहमा सकारात्मक सन्देश प्रवाह भएर धार्मिक पर्यटनमा अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार