शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदै, भ्रमण टोली ८७ सदस्यीय हुने

· शुक्रबार, १५ मंसिर, २०८१ मा प्रकाशित
प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदै, भ्रमण टोली ८७ सदस्यीय हुने
काठमाण्डौँ , मंसिर १५ :

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ ।

बिहीबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यही मंसिर १७ गतेदेखि तय भएको प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको हो ।

प्रधानमन्त्रीको टोली ८७ सदस्यीय हुने भएको छ । ओलीसँग मन्त्रीसहित ३९ जना सरकारी अधिकारी जाने भएका छन् । त्यसैगरी निजी क्षेत्रका ४८ जना प्रतिनिधि पनि भ्रमण दलमा सहभागी हुने तय भएको छ ।

प्रधानमन्त्री ओलीले चार दिने औपचारिक भ्रमणका क्रममा मंसिर १८ गते राजधानी बेइजिङमा राष्ट्रपति सी चिनफिङले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

ओली चार दिने भ्रमण सकेर मंसिर २० गते स्वदेश फर्किने तालिका रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार