बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश #मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश
समाचार विदेश

युक्रेनको ऊर्जा पूर्वाधारमा रुसले गर्यो ठूलो क्षेप्यास्त्र आक्रमण

कीभका बासिन्दाहरुले राजधानीका भूमिगत रेल स्टेशनहरूमा आश्रय लिईरहेका छन्
· बिहीबार, १४ मंसिर, २०८१ मा प्रकाशित
युक्रेनको ऊर्जा पूर्वाधारमा रुसले गर्यो ठूलो क्षेप्यास्त्र आक्रमण
काठमाण्डौं, मंसिर १४ :

रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो क्षेप्यास्त्र आक्रमण गरेको युक्रेनका ऊर्जामन्त्री हर्मन हलुश्चेन्कोलेले बताएका छन् ।

आक्रमणपछि आपतकालीन विद्युत कटौती गरिएको उनले बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले युक्रेनभरि नै ऊर्जा सुविधाहरूमा आक्रमण भइरहेको जनाएका छन् । 


उनले नागरिकहरूलाई  नियमित रूपमा आधिकारिक सूचनाहरू आश्रय लिन आग्रह समेत  गरेका छन्।

कीभ सहित देशका विभिन्न शहरमा विष्फोट भएको समेत समाचार  छ ।आज बिहान युक्रेनी वायु सेनाले क्षेप्यास्त्र खतराका कारण राष्ट्रव्यापी हवाई आक्रमणको चेतावनी जारी गरेको थियो ।

युक्रेनमा चिसो बढ्दै गएको बेला  यो महिनामा मात्रै ऊर्जा प्रणालीमा भएको यो दोस्रो आक्रमण हो ।

युद्धको समयमा रुसले युक्रेनको विद्युत सञ्जालमा बारम्बार आक्रमण गर्दै आएको छ ।

युक्रेनमा पछिल्लो रुसी क्षेप्यास्त्र आक्रमणको क्षतिको विवरण आएको छैन ।तर नागरिकका घरहरुमा क्षति पुगेको बताईएको छ । उत्तर-पश्चिमी युक्रेनका शहरका केही भागहरूमा बिजुली छैन भने ट्रामहरू बन्द गरिएको छ ।

यस क्षेत्रका २ लाख ८० हजार भन्दा बढी मानिसहरूलाई बिजुली आपूर्ति कटौती गरिएको समाचार छ ।

मानिसहरुले राजधानीको भूमिगत रेल स्टेशनहरूमा आश्रय लिईरहेका छन् । केहीले आफ्नो घरपालुवा जनावरलाई साथमा  नै ल्याएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार