काठमाडौँ, साउन २४ :
काभा महिला भलिबल नेसन्स लिगको उपाधिका लागि आज नेपाल र भारत प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल र भारतबीचको खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुनेछ । नेपाल आज भारतलाई पराजित गर्ने दबाबमा हुनेछ ।
घरेलु टोली नेपाल मंगलबार सम्पन्न सेमिफाइनलमा इरानलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । भारतले भने श्रीलंकालाई सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
फाइनल खेल अघि दिउँसो २ बजे तेस्रो स्थानका लागि इरान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।