युद्धको स्थिति बढ्दै गएको उल्लेख गर्दै रूसी विदेश मन्त्री सर्गेई लावरोभले युक्रेन सङ्कटको कूटनीतिक समाधान तत्काल सम्भव नहुने बताउनु भएको छ ।
लावरोभले रुसको आधिकारिक अखबार रोसिस्काया गजेटासँगको अन्तर्वार्तामा युद्धको मैदानमा हेर्दा, हामी अझै पनि सङ्कटको राजनीतिक र कूटनीतिक समाधानबाट टाढा छौँ । वासिङ्टन र यसका सहयोगीहरू रुसका लागि रणनीतिक पराजय हासिल गर्न दृढ छन् । उहाँले भन्नुभएको छ ।”
रूसी भूभागमा भएका पछिल्ला क्षेप्यास्त्र आक्रमणलाई “बढ्दो कदम“ का रूपमा वर्णन गर्दै उहाँले त्यस्ता कार्यहरूको प्रतिक्रिया दिने मस्कोको चेतावनीलाई बेवास्ता गरिएको बताउनु भएको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले “शत्रु पक्षको कुनै क्रियाकलापले रूसलाई लक्ष्यहरू प्राप्त गर्नबाट पछि हट्न बाध्य नपार्ने बताउँदै आफू सधैँ शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्ने पक्षमा रहेको बताउनु भएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी