शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

चुडामणी शर्मासहितको मुद्दामा विपक्षी झिकाउने आदेश

· मंगलबार, १२ मंसिर, २०८१ मा प्रकाशित
चुडामणी शर्मासहितको मुद्दामा विपक्षी झिकाउने आदेश
काठमाण्डौँ , मंसिर १२ :

सर्वोच्च अदालतले कर फर्स्योट मुद्दामा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतबाट दोषी ठहर भएका चुडामणी शर्मा सहितको मुद्दामा विपक्षी झिकाउने आदेश दिएको छ ।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले आज यस्तो आदेश गरेको हो ।

कात्तिक २० गतेदेखि निरन्तर पेसी तोकिने तर हेर्न नमिल्ने हुँदै आएको उक्त मुद्दा आज हेर्न मिल्ने इजलासमा पेसी परेको थियो ।

उक्त इजलासले अन्तिम सुनुवाइका लागि विपक्षीलाई जानकारी दिनुपर्ने देखिएको भन्दै विपक्षीलाई झिकाउने आदेश गरेको हो । 

शर्मा सहितका प्रतिवादीहरूले बन्दी र पुनरावलोकन दर्ता गराएका छन् भने नेपाल सरकारका तर्फबाट पनि पुनरावलोकन निवेदन दर्ता भएको छ । 

यो विवादमा यसअघि चार पटक फाइल मगाउने र विपक्षीलाई झिकाउने आदेश भएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार