शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

जलवायुजन्य समस्या समाधान गर्न सरोकारवालाबीच समन्वय आवश्यक 

· मंगलबार, १२ मंसिर, २०८१ मा प्रकाशित
जलवायुजन्य समस्या समाधान गर्न सरोकारवालाबीच समन्वय आवश्यक 
काठमाण्डौँ , मंसिर १२ :

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुजन्य समस्या समाधान गर्न सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताउनुभएको छ ।

वन्यजन्तु सरक्षण सङ्घ नेपालले आयोजना गरेको ‘नेपालमा चक्रिय अर्थतन्त्र तथा दिगो भविष्यतर्फ रूपान्तरण’ नामक सम्मेलनको उद्‌घाटन गर्दै मन्त्री शाहीले जलवायुजन्य सङ्कट सामना गर्न समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको हो । 

उहाँले जलवायु परिवर्तनका कारण बाढीपहिरो, डुबान, हिमपहिरो, हिमताल विस्फोट, हिउँ पग्लने, पानीको मुहान सुक्ने, अतिवृष्टि र अनावृष्टि जस्ता समस्याले विश्वकै अर्थतन्त्रमा असर गर्ने भएकाले जलवायुजन्य असर न्यूनीकरणका लागि सबैको पहल आवश्यक रहेकोमा जोड दिनुभयो । 

दिगो विकासको लक्ष्य प्राप्तिका लागि पनि संरक्षणमा काम गर्ने सबै दातृ निकायको सहयोग आवश्यक रहेको भन्दै अहिले जलवायु परिवर्तन विश्वव्यापी समस्याको रुपमा खडा भएको उल्लेख गर्नुभयो ।

केही दिनअघि बाकुको अजरबैजानमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (यूएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ शिखर सम्मेलन (कोप २९) पनि जलवायु परिवर्तनले पुर्याएको असर र समाधानका लागि नेपालले  पैरवी गरेर आएको मन्त्री शाहीले बताउनुभयो । 

वन्यजन्तु सरक्षण सङ्घ नेपालका वरिष्ठ कार्यक्रम अधिकृत सुभासचन्द्र खरेलले आजदेखि सुरु भएको सम्मेलन भोलि सकिने जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार