शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

दुर्गा प्रसाईंलाई सर्वोच्च अदालत लगियो, लिखित जवाफ पेस भए आजै सुनुवाइ हुने

· मंगलबार, १२ मंसिर, २०८१ मा प्रकाशित
दुर्गा प्रसाईंलाई सर्वोच्च अदालत लगियो, लिखित जवाफ पेस भए आजै सुनुवाइ हुने
काठमाण्डौँ , मंसिर १२ :

विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरण सहितका अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । 

प्रसाईंको हकमा छोरा नीराजन प्रसाईंले मङ्सिर ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । उनले दुर्गा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा गर्नु भनी अन्तरिम आदेशको माग गरेका थिए । 

आइतबार न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दी सहित उपस्थित गराउन आदेश दिएपछि  प्रसाईंलाई सर्वोच्च अदालत लगिएको हो । 

प्रसाईंको आजै बयान हुनेछ । उनको लिखित जवाफ पेस भए आजै सुनुवाइ भई आदेश हुनेछ। लिखित जवाफ पेस नभए अर्को दिन जवाफ पेस गर्नु पर्नेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार