बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

इजरायल र लेबनान युद्धविराम सम्झौताको नजिक

· सोमबार, ११ मंसिर, २०८१ मा प्रकाशित
इजरायल र लेबनान युद्धविराम सम्झौताको नजिक
काठमाण्डौं, मंसिर ११ :

इजरायल र लेबनान युद्धविराम सम्झौताको नजिक पुगेका छन्। यस विषयमा छलफल गर्न मंगलबार इजरायलको मन्त्रीपरिषदको बैठक बस्न लागेको इजरायली अधिकारीहरूले बताएका छन्।

इजरायल र इरान समर्थित लेबनानी मिलिशिया हिजबुल्लाहबीच जारी द्वन्द्व अन्त्यका लागि ६० दिने युद्धविरामको प्रस्ताव गरिएको छ ।यसमा दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता हुनुका साथै त्यस क्षेत्रमा हिजबुल्लाहको उपस्थितिलाई अन्त्य गरिने बताइएको छ ।

यद्यपि इजरायल र हिजबुल्लाहबीचको आक्रमण  जारी छ । आइतबार लेबनानबाट इजरायलमा करिब २५० क्षेप्यास्त्र प्रहार गरिएको समाचार छ । जसमध्ये अधिकांश क्षेप्यास्त्रलाई लाई इजरायलले रोकेको थियो।

इजरायली वायु सेनाले अहिले पनि बेरुत र अन्य स्थानमा संदिग्ध हिजबुल्लाह स्थानहरू र हतियार भण्डारहरूमा हवाई हमला जारी राखेको छ।इजरायल र हिजबुल्लाहले खाली गरेको क्षेत्रमा लेबनानी सेनाको उपस्थिति बढाउने सहमति भएको  एक पश्चिमी कूटनीतिज्ञले बताएका छन् ।

युद्धविरामको अनुगमन गर्न फ्रान्सलाई सदस्य बनाएर अमेरिकाको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको उनले बताए ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार