बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र #संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र
विदेश

विमान दुर्घटना हुदाँ एक जनाको मृत्यु, एक घरमा आगलागी

· सोमबार, ११ मंसिर, २०८१ मा प्रकाशित
लिथुआनिया, मंसिर ११ :

जर्मनीबाट लिथुआनियातर्फ उडेको डीएचएल कार्गो विमान सोमबार राजधानी भिल्नियसको विमानस्थल नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको अग्नि नियन्त्रकहरूले बताएका छन् ।

विमान भिल्नियस विमानस्थलमा अवतरण गने क्रममा  केही किलोमिटर टाढा दुर्घटना ग्रस्त भएको जनाउदै अग्निनियन्त्रक तथा आपतकालीन सेवा एकाईका प्रमुख रेनाटास पोजेलाले  चालक दलका एक जनाको मृत्यु भएको बताउनु भएको हो ।  

उहाँका अनुसार दुर्घटनाको क्रममा एउटा घरमा आगलागी समेत भएको थियो ।

राष्ट्रिय सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख विल्मान्टास भिटकाउस्कसले उक्त घरभित्र रहेका सबैलाई उद्धार गरी बाहिर निकालिएको बताउनु भएको छ । 
 
डीएचएलका अधिकारी आउसरा रुटकाउस्किनले दुर्घटनाग्रस्त विमान आफ्नै कम्पनीको रहेको पुष्टि गरेको एएफपीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार