शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

महँगो अन्तर्राष्ट्रिय हवाई भाडा लिएको सम्बन्धी अध्ययन गर्न कार्यदल गठन

· सोमबार, ११ मंसिर, २०८१ मा प्रकाशित
महँगो अन्तर्राष्ट्रिय हवाई भाडा लिएको सम्बन्धी अध्ययन गर्न कार्यदल गठन
काठमाण्डौँ , मंसिर ११ :

अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा महँगो मूल्य तिर्नुपरेको गुनासोपछि सरकारले अध्ययन कार्यदल गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन भएको हो ।

उच्च दरको हवाई टिकट खरिद- बिक्री गरेको विषयमा कुनै गुनासो भए हवाई टिकटको प्रतिलिपि, टिकट खरिद गरेको संस्थाको विवरण, बिलभौचर लगायतका प्रमाण सहित [email protected] मा पठाइदिन समेत कार्यदलले आग्रह गरेको छ ।

कात्तिक २३ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्ने कार्य भइरहेको बहाना पार्दै केही वायुसेवा कम्पनीहरूले बढि भाडा असुल्दै आएको गुनासो परेको मन्त्रालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार