शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

लैङ्गिक हिंसारहित समाज निर्माणमा सबै एकजुट हुन प्रधानमन्त्री ओलीको आग्रह

· सोमबार, ११ मंसिर, २०८१ मा प्रकाशित
लैङ्गिक हिंसारहित समाज निर्माणमा सबै एकजुट हुन प्रधानमन्त्री ओलीको आग्रह
काठमाण्डौँ , मंसिर ११ :

प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा सभ्य र हिंसा रहित समाज निर्माणमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश जारी गर्दै  ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको अवसरमा हरेक सङ्घसंस्था, समाजका सबै ठाउँबाट लैङ्गिक हिंसा, भेदभाव हुन दिने छैनौँ भनी सङ्कल्प गर्न आग्रह गर्नुभएको छ ।

उहाँले अभियानको सफलताका निम्ति शुभकामना व्यक्त गर्दै समृद्धि, समानता, सभ्यता र न्यायको बाटोमा अगाडि बढाउन साझा प्रयासहरू गर्नुपर्ने र एकअर्कामा साथ सहयोग, पारस्परिक सम्मानको बाटोबाट शान्तिपूर्ण समाज, सभ्य समाज, मानवोचित समाजको निर्माण गर्न सकिने उल्लेख गर्नुभएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार