बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

बंगलादेशको संसद विघटन: विद्यार्थी नेताहरुद्वारा सैन्य नेतृत्व अस्वीकार

· मंगलबार, २३ साउन, २०८१ मा प्रकाशित
बंगलादेशको संसद विघटन: विद्यार्थी नेताहरुद्वारा सैन्य नेतृत्व अस्वीकार
काठमाण्डौं, साउन २३ :

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सत्ताबाट बाहिरिएको दोस्रो दिन आज बंगलादेशको संसद विघटन गरिएको छ ।

संसद विघटनपछि अब अन्तरिम सरकार गठनको बाटो प्रशस्त भएको छ ।हसिनाले हिजो राजीनामा दिएर देश छोडिन । हप्तौंसम्म विद्यार्थी नेतृत्वको विरोध प्रदर्शन घातक अशान्तिमा परिणत भएपछि उनी देश छोड्न बाध्य भईन् ।

बंगलादेशीहरू अब के हुन्छ हेर्न पर्खिरहेका छन्, ।  अहिले सेना प्रमुखले राजनीतिक नेताहरू तथा प्रदर्शनकारीसँग वार्ता गरिरहेका छन्।तर विद्यार्थी नेताहरुले भने सैन्य नेतृत्व अस्वीकार गरेका छन् ।  

स्थानीय सञ्चारमाध्यमका अनुसार बंगलादेशमा हिजो भएको हिंसात्मक झडपमा १ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । जस्लाई प्रदर्शन सुरु भएदेखि कै सबैभन्दा घातक दिनको रुपमा लिईएको छ । 

 विद्यार्थीहरूले निजामती सेवामा कोटा खारेज गर्नुपर्ने भन्दै शान्तिपूर्ण आन्दोलन सुरु गरेका थिए तर पछि आन्दोलन व्यापक सरकार विरोधी आन्दोलनमा परिणत भएको थियो । 

हसिनाको राजीनामाको केही समयपछि नै  बंगलादेशका सेना प्रमुख जनरल वाकेर-उज-जमानले एक अन्तरिम प्रशासन गठन गर्ने बताएका थिए । तर   विद्यार्थी नेताहरुले नोबेल शान्ति  पुरस्कार विजेता मुहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकार बनाउन दबाब दिँदै सैन्य नेतृत्वको सरकारलाई स्वीकार नगर्ने स्पष्ट पारेका छन्।

यसैबीच, पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी नेतृ खालिदा जियालाई नजरबन्दबाट रिहा गरिएको छ ।
७८ वर्षीया जिया सन् १९९१ देखि १९९६ सम्म बंगलादेशको प्रधानमन्त्रीको रूपमा रहेकी थिईन तर भ्रष्टाचारको आरोपमा २०१८ मा जेल परेकी थिइन्, ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार