शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

स्कुल बस दुर्घटना हुँदा १५ जना घाइते, एक जना गम्भीर

· शनिबार, ९ मंसिर, २०८१ मा प्रकाशित
स्कुल बस दुर्घटना हुँदा १५ जना घाइते, एक जना गम्भीर
चितवन, मंसिर ९ :

चितवनको  उपरदाङगढीमा पिकनिक खाएर फर्कदैँ गरेको स्कुल बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।  

कालिका नगरपालिका ४ पदमपुरस्थित चित्रवन माविको  म.प्र ०३–००१ क २६७७ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ  ।

कालिका नगरपालिका ९ मा भएको दुर्घटनामा १५ जना घाइते भएको छ । घाइतेहरु मध्ये ९ जनाको नयाँ मेडिकल कलेज र ६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते  एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उपरदाङगढी गएर फर्कने क्रममा ब्रेक फेल भई आज साँझ  विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार