बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

इजरायली आक्रमणमा आवासीय भवन ध्वस्त, ११ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

· शनिबार, ९ मंसिर, २०८१ मा प्रकाशित
इजरायली आक्रमणमा आवासीय भवन ध्वस्त, ११ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
काठमाण्डौं, मंसिर ९ :

लेबनानको राजधानी बेरुतको मध्यभागमा रहेको एक आवासीय भवनमा इजरायली आक्रमण भएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन् ।लेबनानको राष्ट्रिय समाचार संस्था एनएनएका अनुसार राजधानीको घना बस्तीमा आक्रमण गरिएको हो ।

आक्रमण अघि कुनै पनि चेतावनी नदिई आठ तले भवन पूर्णरुपमा ध्वस्त बनाईएको हो ।इजरायली आक्रमण स्थानीय समयअनुसार आज बिहान ४ बजे विस्फोट भएको समाचार छ ।इजरायली सेनाले बस्ता आक्रमणबारे तत्काल कुनै टिप्पणी गरेको छैन ।

हिजबुल्लाहका एक वरिष्ठ व्यक्तिलाई निशाना बनाई आक्रमण गरिएको हुनसक्ने भएपनि इजरायली सेनाबाट कुनै पुष्टि भएको छैन।घटनास्थलको भग्नावशेष हटाउने काम जारी रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ ।

बिहानै आक्रमण सुरु हुँदा स्थानीयहरु सुतिरहेका थिए ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार