बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार मनाेरञ्जन

काठमाडौँका सम्पदा संरक्षणका लागि कानुन निर्माण

· शुक्रबार, ८ मंसिर, २०८१ मा प्रकाशित
kathmandu-metropolitian-city
काठमाण्डौँ , मंसिर ८ :

काठमाडौँको मध्यभागस्थित सुवर्णपुर क्षेत्रमा रहेका प्राचीन स्मारक, ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वका भाषा, संस्कृति, सङ्ग्रहालय, ललितकला वा कलात्मक वस्तुको संरक्षणका लागि काठमाडौँ महानगरपालिकाले कानुन निर्माण गरेको छ । 
 
महानगरपालिका प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा ४ ले दिएको अख्तियार प्रयोग गरी नगर कार्यपालिकाले काठमाडौँ महानगरपालिका सुवर्णपुर सम्पदा संरक्षण निर्देशिका, २०८० बनाएको काठमाडौँ महानगरपालिका वडा नं ७ का वडाअध्यक्ष विमलकुमार होडाले जानकारी दिनुभयो । 

त्यस क्षेत्रका सम्पदाको सम्भार, प्रवर्द्धन र विकास गर्न तथा परम्परागत जात्रापर्वको सञ्चालन र व्यवस्थापनबाट यस क्षेत्रको सांस्कृतिक मौलिकताप्रति भावी पुस्ताले गौरव महसुस गर्न सकुन् भन्ने उद्देश्यले समग्र र बृहत् गुरुयोजनाका साथ काम गर्न कानुन निर्माण भएको उहाँले बताउनुभयो ।
 
सुवर्णपुर क्षेत्रमा महानगरपालिका वडा नं ७ को अधिकांश भाग र वडा नं ६ र ८ को केही भाग पर्ने पनि वडाअध्यक्ष होडाले जानकारी दिनुभयो । यो क्षेत्रका सम्पदाको व्यवस्थापन गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति पनि गठन गरिएको छ । 
 
सुवर्णपुर क्षेत्रमा पश्चिममा धोबीखोला, पूर्वमा कुमारीगाल, उत्तरमा चक्रपथ र दक्षिणमा सिफलचौर हुँदै कालोपुल धोबीखोलाको चार किल्लाभित्रको ऐतिहासिक तथा सांस्कृतिक महत्वको क्षेत्र पर्ने भनी परिभाषित गरिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार