बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद भलिबल

सुकुटेमा माघ १ देखि राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने

· बिहीबार, ७ मंसिर, २०८१ मा प्रकाशित
सुकुटेमा माघ १ देखि राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
चौतारा, मंसिर ७ :

सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र सुकुटेमा आगामी माघ १ देखि ५ गतेसम्म  राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने भएको छ । 

प्रतियोगिताका संयोजक एवं सुकुटे बिचका सञ्चालक महेन्द्रसिंह थापाले प्रतियोगितामा पुरुष र महिलातर्फ फरक- फरक खेल हुने बताउनुभयो । 

सातवटै प्रदेश र थप तीन विभागीय टोली गरी १० टोलीले सहभागिता जनाउने अपेक्षा गरिएको रहेको संयोजक थापाले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि स्थानीय सरकार, बागमती प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, खेलकुद मन्त्रालयलगायत सबै सम्बन्धित निकायसँग समन्वय गरिएको उहाँले जानकारी दिनुभयो । 

आयोजकले सम्पूर्ण खेलप्रेमीलाई त्यस अवधिमा सुकुटे करिडोरमा आमन्त्रण गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार