शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

मन्त्री हेरफेरको कुरा हल्ला मात्रै हो, कुनै छलफल भएको छैनः गृहमन्त्री लेखक

· बिहीबार, ७ मंसिर, २०८१ मा प्रकाशित
मन्त्री हेरफेरको कुरा हल्ला मात्रै हो, कुनै छलफल भएको छैनः गृहमन्त्री लेखक
धनगढी , मंसिर ७ :

गृहमन्त्री रमेश लेखकले मन्त्री हेरफेर गर्ने विषयमा कुनै छलफल नभएको बताउनुभएको छ ।

आज धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्न सक्ने भएपनि  अहिले कुनै छलफल र तयारी नभएको स्पष्ट पार्नुभयो ।

दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुबै दलमा छलफल गरेर मात्र हुने भएकाले अहिले सम्म त्यस्तो छलफल नभएको र बाहिर आएका कुरा हल्ला मात्रै भएको उहाँको भनाइ छ ।

उहाँले  यो गठबन्धन २०८४ सम्म नै कायम रहने भन्दै अबको डेढ वर्ष पछि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने जानकारी दिनुभयो ।

गृहमन्त्री लेखक सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी पुग्नुभएको हो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार