शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

बिपी राजमार्गको धुलिखेल- वर्षेखोला सडकखण्ड रातिको समयमा बन्द हुने

· बिहीबार, ७ मंसिर, २०८१ मा प्रकाशित
बिपी राजमार्गको धुलिखेल- वर्षेखोला सडकखण्ड रातिको समयमा बन्द हुने
फाइल फोटो
काभ्रे, मंसिर ७ :

बिपी राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेलदेखि वर्षेखोलासम्मको सडक खण्ड रातिको समयमा बन्द हुने भएको छ ।

गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाका कारण क्षति पुगेको उक्त सडक खण्ड स्तरोन्नति गर्नका लागि रातिको समयमा बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरले सूचना जारी गर्दै राति ९ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द रहने जानकारी गराएको हो।

धुलिखेलदेखि वर्षेखोलासम्मको सडक खण्ड (चौकी डाँडा, नार्के बजार र कालढुङ्गादेखि माम्तिखोला सम्म) डाइभर्सनको काम भइरहेकोले रातिको समयमा सडक बन्द रहने सूचनामा उल्लेख छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार