शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न आग्रह

· बुधबार, ६ मंसिर, २०८१ मा प्रकाशित
काठमाण्डौँ , मंसिर ६ :

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (जिसप) ले उपनिर्वाचनको कुनै पनि कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न अनुरोध गरेको छ । 

जिसपले  विद्यालयलाई शान्ति क्षेत्रको रूपमा कायम राख्न र उक्त क्षेत्रमा कुनै पनि राजनीतिक कार्यक्रम नगर्न सम्पूर्ण राजनीतिक दल र सम्बन्धित सबैमा अपिलसमेत गरेको छ ।

जिसपद्वारा आज जारी विज्ञप्तिमा “सम्पूर्ण राजनीतिक दलमा निर्वाचन आचारसंहिता २०७८ को पालना गर्न र बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७ तथा दफा ६६ र विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ समेतको विरुद्ध हुने गरी कुनै पनि क्रियाकलाप नगर्न अनुरोध गर्दछौँ”, भनिएको छ । 

वि. सं २०७९ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपश्चात् देशभरबाट विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाअध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा यही मङ्सिर १६ गते आइतबार उपनिर्वाचन हुँदैछ । 

बालबालिकालाई दलगत प्रयोग भएको विषय उठान गर्दा बालसंवेदनशीलता अपनाइने कुराको सुनिश्चितता गर्नुपर्ने माग पनि जिसपले गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार